तारकेश्वमा धादिङ नीलकण्ठलाई ४ स्वर्ण सहित ११ पदक

Avatar photo
Dhadingpost
फाल्गुन २१, २०७८

धादिङ । काठमाडौंको तारकेश्वर नगरपालिकाको आयोजनामा फागुन २० र २१ गते भएको मेयर कप कराते प्रतियोगितामा धादिङ स्थित नीलकन्ठ नगरपालिकाले ४ स्वर्ण ३ रजत र ४ कास्य साथ सबै भन्दा धेरै ११ पदक जित्न सफल भएको छ ।

नेपालको विभिन्न ३५ नगरपालिकाको सहभागी रहेको प्रतियोगितामा धादिङका बिजय श्रेष्ठ, मीन बहादुर तामाङ, प्रतीक घर्ती मगरले स्वर्ण पदक जित्न सफल भएका हुन् ।

तौल समुहमा ५५ केजिमा मीन बहादुर तामाङ स्वर्ण पदक ६० केजि तौल समुहमा बिजय श्रेष्ठ स्वर्ण पदक महिलाको ५५ केजि समुहमा एलिना बिकले स्वर्ण पदक जित्न सफल भएका हुन् । रजत पदक जित्न सफल हुनेहरुमा महिलाको टिम फाईटमा डाईना ओझा, एलिना बिक र एन्जिला धिमाल छिन ।

पुरुष खुल्ला तौलमा निशान मल्ल रजत पदक र महिला खुल्लामा डाइना ओझाले रजत पदक जित्न सफल भए । कास्य पदकमा निशा घर्ती मगर एकल काता, ६७ तौलमा सन्तोष क्षेत्री, ४५ केजिमा एन्जिला धिमाल र प्रतियोगिताको उत्कृष्ट खेलाडी उपाधी बिजय श्रेष्ठ ले प्राप्त गरे ।