
धादिङ । नेपाल-पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता काठमाडौंमा जारी छ । फागुन १८ गतेबाट सुरु यस प्रतियोगितामा धादिङले भोली ९ बजे खेल्ने भएको छ ।
लिगकम नकआउटका आधारमा खेलाईएको यस प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । भोली धादिङबाट अमृत थापाको कप्तानीमा रहेको स्कुल अफ क्रिकेट धादिङ र नेक्सेस क्रिकेट क्लव बीचको खेल हुनेछ । यस्तै धादिङको अर्को खेल पर्सि आईतबार बिहान ९ बजे बालुवाटार क्रिकेट क्लव सँग खेल्ने छ ।
यस्तो छ धादिङ टिम
क्याप्टेनः अमृत थापा, धादिङ, भाईसक्याप्टेनः उज्वल थापा, धादिङ, सचिन शर्मा कौशल रुपाखेती, धादिङ, राजु राना धादिङ आरम्भ तिमल्सिना धादिङ, रुपेस भुजेल, सन्देश सापकोटा धादिङ, समिर, आशिष धामी, अनिल अधिकारी धादिङ, दिवस कडेल धादिङ, विद्या थापा धादिङ, कोच सुनिल थापा धादिङ छन् । प्रतियोगिताको डिसहोमको एक्सनस्पोर्टसले लाईभ गर्ने छ ।

