
धादिङ । यही फागुन २८ गतेदेखि संचालन हुने प्रथम बामगती प्रदेश खेलकुद प्रतियोगिताको लागि जिल्ला क्रिकेट संघ धादिङले खेलाडी छनोट गरि जिल्ला खेलकुद विकास समितिलाई नामावली बुझाएको छ ।
धादिङ क्रिकेट संघले बुधबार बेनीघाट रोराङ स्थित चन्द्रोदय माविको खेल मैदानमा स्थानीय तहले पठाएका खेलाडीहरु बीच जिल्ला स्तरीय छनौट गरी १४ खेलाडी र वैकल्पित ३ जना गरी १६ खेलाडी प्रदेशका लागि छनोट गरेको हो ।
छनोट हुने खेलाडीहरुमा उन्वल थापा, श्याम त्रिपाठी, अमृत थापा, कौशल रुपाखेती, रुपेश भुजेल, विकेश श्रेष्ठ, आरम्भ तिमल्सिना, सचिन श्रेष्ठ, आशिष मिया, श्रीकृष्ण उपाध्यय, एन्जल सिलवाल, सन्देश थापा, सन्देश सापकोटा र सुजित श्रेष्ठ र वैकल्पित तर्फ सुदिप पाठक, सक्षम खरेल र निशान गुरुङ रहेका छन् ।
जिल्ला छनोटको लागि प्रदेशले पहिलो किस्तामा ५ लाख, दोस्रो किस्तामा ३ लाख गरि ८ लाख पठाउने छ । प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले गर्न लागेको ८ विधाका खेलहरुमा फुटबल, एथलेटिक्स म्याराथुन, बक्सिङ, तेक्वान्दो, कराँते, भलिबल, ब्याडसमण्टन र क्रिकेट रहेका छन् । क्रिकेट प्रतियोगितामा पुरुष मात्रै भाग लिन पाउने छन् भने अन्य सबै विधाका खेलहरु महिला पुरुष दुईको टिम रहने बताईएको छ ।

