धादिङबेसीमा आज ३५ जनाद्वारा रक्तदान

Avatar photo
Dhadingpost
फाल्गुन २०, २०७८

धादिङ । अन्तराष्ट्रिय धादिङ समाज र नारी जागरण केन्द्रले धादिङबेसीमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग भएको उक्त रत्तदान कार्यक्रममा १९ महिला र १६ पुरुष गरी ३५ जनाले रक्तदान गरेका हुन् ।

जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा, भेला लगायत कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ ।

चालु आर्थिक बर्षको असार मसान्तसम्म ५ हजार पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य लिएको धादिङ रेडक्रसले जनाएको छ । नागरिकमा बिस्तारै चेतनाको स्तर उठ्न थालेपछि जिल्लामा रक्तदान गर्नेको संख्या बढ्न थालेको छ ।