धादिङ अस्पतालमा एपेन्डिसाईटिक्सको सफल अप्रेशन

Avatar photo
Dhadingpost
फाल्गुन १८, २०७८

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको धादिङ अस्पतालले पहिलो पटक एपेन्डेक्टोमी अप्रेशन सफलतापुर्वक सम्पन्न गरेको छ ।

सूचना अधिकारी विक्रम विस्वाकर्माका अनुसार दोलखा जिल्ला स्थायी ठेगाना भएका २४ वर्षीय युवक १६ गते सोमबार पेट दुख्ने समस्याले जिल्ला अस्पताल आएका थिए । अस्पतालमा एपेन्डीसाईटिस डाईग्नोसिस पुष्टि भएपछि पहिलोपटक एपेन्डेक्टोमी अप्रेशन सफलता पुर्वक गरिएको हो ।

अप्रेशनको लागि कन्सल्टेण्ट सर्जन डा।शन्करराज लामिछानेको नेतृत्वको टिममा, डा।रामचन्द्र रिजाल, स्टाफ नर्स रुबि श्रेष्ठ, अनमी सुरुची लामा र सन्जु रिजाल संलग्न रहेको समेत विकले बताए ।