
धादिङ । धादिङ जिल्ला ब्याडमिण्टन संघले धादिङबेसी स्थित आफ्नै नव निर्मित कभर्डहलमा फागुन १५ गतेबाट आयोजना गरेको दोस्रो मेयरकप २०७८ को जिल्ला स्तरको ए लेभल पुरुष युगल तर्फ रामचन्द्र गिरी, राजेन्द्र बानियाँको जोडी र सन्तोष थापामगर, रामकुमार श्रेष्ठको जोडी फाईनल प्रवेस गरेका छन् ।
आज भएको सेमी फाईनलमा राजकुमार श्रेष्ठ र राजेन्द्र अधिकारीको जोडीको जोडीलाई पराजित गर्दै रामचन्द्र गिरी र राजेन्द्र बानियाँको जोडी फाईनल प्रवेस गरेको हो भने सविन तामाङ र अर्जुन अधिकारीको जोडीलाई हराउँदै सन्तोष थापामगर, रामकुमार श्रेष्ठको जोडी फाईनल पुगेको हो ।
जिल्ला स्तरीय तर्फ, पुरुष एकल, महिला एकल र पुरुष युगलका खेलहरु, राष्ट्रिय स्तरमा अण्डर १७ केटी र केटी, ४५ प्लस पुरुष युगल, ५५ प्लस पुरुष युगल, खुल्ला पुरुष युगल (र्याङ्किङ टप २० सम्मलेभाग लिन नपाउने) लगायतका खेलहरु जारि छन् । अधिकांश खेलहरुको सेमि फाईनल र फाईनल भोली फागुन १९ गते हुने र बाँकी रहेको खेलहरुको फाईनल १९ गते हुने आयोजकले जनाएको छ ।
धादिङ जिल्ला ब्याडमिण्टन संघले जिल्ला स्तर तर्फ प्रथम हुने टिमलाई पुरुष एकल र पुरुष युगल लाई २५–२५ हजार, दितियदाई २०–२० हजार र तृतियलाई १२–१२ हजार प्रदान गरिने जनाएको छ ।
यस्तै जिल्ला स्तर महिला तर्फ प्रथमलाई १२ हजार, दितियलाई ७ हजार र तृतियलाई ५ हजार, जिल्ला स्तर पालिका तर्फ पुरुष युगल बी तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार दिईने जनाएको छ ।
त्यसैगरी राष्ट्रिय स्तर तर्फ पुरुष युगल (र्याङ्किङ २० बाहेक) तर्फ प्रथम २५ हजार दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार । राष्ट्रिय स्तर अण्डर १७ केटा एकल तर्फ प्रथमलाई २५ हजार, दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार दिईने बताईएको छ ।
राष्ट्रिय स्तर भेट्रान्स ४५ प्लस पुरुष युगल तर्फ प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई १५ हजार पुरस्कार र राष्ट्रिय स्तर भेट्रान्स ५५ प्लस युगललाई पनि प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई १५ हजार पुरस्कार दिईने जनाएको छ ।
आजको नतिजा (अक्षर बोल्ड गरेको जति विजेता)



