
धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले फागुन १८ देखि २१ गते सम्म ८ विधाको प्रदेश स्तरीय खेलका लागि जिल्ला छनोट गर्ने भएको छ ।
धादिङमा लामो समय देखि कार्यालय प्रमुख बनेको जिल्ला खेलकुद विकास समितिको अध्यक्ष समते प्रदेशले हटाए पछि अन्यौल पूर्ण अवस्थामा गुज्रिएको थियो । सोमबार प्रदेशले धादिङका लागि भिम गुरुङलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिए सँग गुरुङ पहिलो काम प्रदेश खेदकुदका लागि जिल्ला छनोटको कार्य तालिका सार्वजनिक गरेका हुन् ।
पालिकाबाट छनोट भई जिल्ला छनोटको पर्खाईमा रहेका खेलाडीलाई १८ देखि २१ गते सम्म छनोट गरि फागुन २८ गतेबाट हुन लागेको प्रदेश स्तरीय प्रतियोगितामा पठाईने जिल्ला खेलकुद विकास धादिङ निमित्त कार्यालय प्रमुख भिम गुरुङले धादिङपोष्टलाई बताए । जिल्लाका संघहरु पनि जानकारी गराएका छौ र पालिकाबाट छनोट भएर आएका खेलाडीलाई जिल्ला छनोटमा आउन सूचना जारी गरिएको समेत गुरुङले बताए ।
कुन दिन कुन खेलको खेलाडी छनोट हुने
क्रीकेट: फागुन १८ गते बिहान ७ बजेबाट
सम्पर्क व्यक्ति: दिपेश कडेलर नारायण सिलवाल
ब्याडमिन्टन: फागुन १८ र १९ गते
सम्पर्क व्यक्ति: विष्णुलाल श्रेष्ठ
फुटबल: फागुन १९ र २० गते
सम्पर्क व्यक्ति: दिपक राना
भलिबल: फागुन १९ र २० गते
सम्पर्क व्यक्ति: सोम श्रेष्ठ
तेक्वान्दो/कराते/बक्सिङ: फागुन २० र २१ गते
सम्पर्क व्यक्ति: प्रदिप गिरी/राजुराज पाण्डे
एथलेटिक्स: फागुन १८-२० गते
सम्पर्क व्यक्ति: अमृत तामाङ /गौतम श्रेष्ठ
जिल्ला छनोटको लागि प्रदेशले पहिलो किस्तामा ५ लाख, दोस्रो किस्तामा ३ लाख गरि ८ लाख पठाउने छ। प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले गर्न लागेको ८ विधाका खेलहरुमा फुटबल, एथलेटिक्स म्याराथुन, बक्सिङ, तेक्वान्दो, कराँते, भलिबल, ब्याडसमण्टन र क्रिकेट रहेका छन् । क्रिकेट प्रतियोगितामा पुरुष मात्रै भाग लिन पाउने छन् भने अन्य सबै विधाका खेलहरु महिला पुरुष दुईको टिम रहने बताईएको छ ।
