
धादिङ । धादिङ जिल्ला ब्याडमिण्टन संघले धादिङबेसी स्थित आफ्नै नव निर्मित कभर्डहलमा आयोजना गरेको दोस्रो मेयरकप २०७८ को जिल्ला तथा राष्ट्रिय स्तरको खुल्ला ब्याडमिण्टन प्रतियोगिताको आज दोस्रो दिन १९ वटा खेलहरु सम्पन्न भएको छन् । पहिलो दिन हिजो जिल्ला स्तरका खेलहरु भएका थिए भने आज दोस्रो दिन प्रतियोगिताको उद्घाटन सँगै जिल्ला तथा राष्ट्रिय स्तरका १९ वटा खेलहरु सम्पन्न भएको हो ।
प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलमान पाख्रिनले गरेका थिए । मन्तव्य रहितको उद्घाटन समारोहमा प्रमुख अतिथि पाख्रिन र नीलकण्ठ नगर प्रमुख भिमप्रसाद ढुङ्गाना बीच मैत्रीपूर्ण खेल भएको थियो । उक्त मैत्रिपूर्ण खेलमा पूर्व मन्त्री पाख्रिनलाई सामुदायीक आँखा केन्द्रका प्रमुख रामसिं तामाङले र नगर प्रमुख ढुङ्गानालाई धादिङ जिल्ला ब्याडमिण्टन संघका अध्यक्ष विष्णुलाल श्रेष्ठले साथ दिएका थिए ।
आज भएको पहिलो खेलमा सविन तामाङले लक्ष्मण मल्ल ठकुरीलाई पराजित गरेका थिए भने दोस्रो खेलमा त्रिपुरासुन्दरीका अमृत थापालाई ज्वालामुखीका सुरज गुरुङले पराजित गरेका थिए । तेस्रो खेलमा धादिङ अस्पतालका सन्दिपसिं ठाकुरलाई नीलकण्ठमा इश्वर थापा मगरले पराजित गरेका थिए । त्यस्तै चौंथो खेलमा मलेखुका विदुर कडेललाई धादिङबेसीका अस्विन थापा मगर पराजित गरे । पाँचौं खेलमा रविना थापाले निशा श्रेष्ठलाई पराजित गरेजित थिईन भने छैटौं खेलमा महांकाल ब्याडमिण्टन क्लव काठमाडौंका अविक श्रेष्ठलाई पराजित गरेका थिए ।

सातौं कविर केसी (सिल्क ग्रुप) काठमाडौले न्यालेस श्रेष्ठ (निष्ठा स्पोर्ट) काठमाडौंलाई पराजित गरे । आठौं खेलमा लिपेन महर्जन र श्याम महर्जन काठमाडौंले सर्लाहीको उत्सवराज भण्डारी र बालकृष्ण कार्कीलाई पराजित गरे । नवौं खेलमा दिपक ब्याडमिण्टन एकेडेमी काठमाडौंका राज बर्माले धादिङका अस्विन थापामगरलाई गराजित गरेका थिए ।
दशौं खेलमा गोरखाका विधान गुरुङ र कृष्ण सापकोटालाई अजय श्रेष्ठ र सुशानकुमार श्रेष्ठ सर्लाहीले हराएका थिए । एघारौं खेलमा विष्णु राउत र सुमन सेढाई नेपाल प्रहरी धादिङले कमल बहादुर रोकाय र राजकुमार श्रेष्ठको ठिमलाई पराजित गरेको थियो । बाह्रौं खेलमा निर्दोश तामाङ र प्रबल तामाङ खनियाबासले नीलकण्ठका राजेन्द्र गुरुङ र अर्जुन न्यौपानेलाई पराजित गरेका थिए । १३ औ खेलमा त्रिपुरासुन्दरीका कविन्द्र अधिकारी र रुपेन्द्र बानियाले धादिङबेसीकमा अन्जन श्रेष्ठ र भिषण श्रेष्ठलाई हराएका थिए । यस्तै १४ औं खेलमा विशाल बस्नेत र प्रशिससिं मनकामनाले दमौलीका प्रवेश श्रेष्ठ र स्पन्दन श्रेष्ठलाई पराजित गरेका थिए ।

पन्ध्रौं खेलमा नरेन्द्र बम र आशिष तामाङ काठमाडौंले गोरखाका विशाल बुढाथोकी र सुजन श्रेष्ठलाई पराजित गरेका थिए । १६ औं खेलमा एपीएफ काठमाडौंका भोजबहादुर गुरुङ र विशाल प्रधानले धादिङका चक्र साउद र सविन तामाङलाई हराएका थिए । १७ औं खेलमा त्रिभुवन आर्मी क्लव काठमाडौंका विवेक चौधरी र डाभिड थापामगरले काठमाडौंका दिपेन महर्जन र श्याम महर्जनलाई पराजित गरेका थिए । १८ औं खेलमा धादिङका राम र लक्ष्मण दाजुभाई सँग सर्लाहीका अजय श्रेष्ठ र सुसनकुमार श्रेष्ठ पराजित भए । आजको अन्तिम खेलमा सन्देश बस्नेत र सुमन श्रेष्ठ दमौलीलाई काठमाडौंका ससिन डंगोल र सुमित महर्जनले पराजित गरेका थिए ।
यस्तै जिल्ला स्तरको ए लेभल पुरुष युगल तर्फ यी ४ टिम सेमिफाईनल प्रवेस गरेका छन् ।
१. राजकुमार श्रेष्ठ र राजेन्द्र अधिकारीको जोडी
२. रामचन्द्र गिरी र राजेन्द्र बानियाँको जोडी
३. सविन तामाङ र अर्जुन अधिकारीको जोडी
४. सन्तोष थापामगर र रामकुमार श्रेष्ठको जोडी
दिङ जिल्ला ब्याडमिण्टन संघले जिल्ला स्तर तर्फ प्रथम हुने टिमलाई पुरुष एकल र पुरुष युगल लाई २५–२५ हजार, दितियदाई २०–२० हजार र तृतियलाई १२–१२ हजार प्रदान गरिने जनाएको छ । यस्तै जिल्ला स्तर महिला तर्फ प्रथमलाई १२ हजार, दितियलाई ७ हजार र तृतियलाई ७ हजार, जिल्ला स्तर पालिका तर्फ पुरुष युगल बी तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार दिईने जनाएको छ ।
त्यसैगरी राष्ट्रिय स्तर तर्फ पुरुष युगल ९र्याङ्किङ २० बाहेक ० तर्फ प्रथम २५ हजार दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार । राष्ट्रिय स्तर अण्डर १७ केटा एकल तर्फ प्रथमलाई २५ हजार, दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार दिईने बताईएको छ ।
राष्ट्रिय स्तर भेट्रान्स ४५ प्लस पुरुष युगल तर्फ प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई १५ हजार पुरस्कार र राष्ट्रिय स्तर भेट्रान्स ५५ प्लस युगललाई पनि प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई १५ हजार पुरस्कार दिईने जनाएको छ ।
