धादिङमा जारी ब्याडमिण्टनको ए लेभल पुरुष युगल तर्फ, यी हुन् सेमिफाईनल पुग्ने ४ टिम

Avatar photo
Dhadingpost
फाल्गुन १६, २०७८

धादिङ । धादिङ जिल्ला ब्याडमिण्टन संघले धादिङबेसी स्थित आफ्नै नव निर्मित कभर्डहलमा आयोजना गरेको दोस्रो मेयरकप २०७८ को जिल्ला स्तरको ए लेभल पुरुष युगल तर्फ यी ४ टिम सेमिफाईनल प्रवेस गरेका छन् ।
१. राजकुमार श्रेष्ठ र राजेन्द्र अधिकारीको जोडी
२. रामचन्द्र गिरी र राजेन्द्र बानियाँको जोडी
३. सविन तामाङ र अर्जुन अधिकारीको जोडी
४. सन्तोष थापामगर र रामकुमार श्रेष्ठको जोडी

सेमिफाईनल खेलहरु आज १० बजे हुने उद्घाटन कार्यक्रम पछि हुने आयोजकले जनाएको छ । जिल्ला स्तर तर्फका खेलहरु सकिए सँगै राष्ट्रिय स्तरको खेलहरु हुने बताईएको छ ।

धादिङ जिल्ला ब्याडमिण्टन संघले जिल्ला स्तर तर्फ प्रथम हुने टिमलाई पुरुष एकल र पुरुष युगल लाई २५–२५ हजार, दितियदाई २०–२० हजार र तृतियलाई १२–१२ हजार प्रदान गरिने जनाएको छ । यस्तै जिल्ला स्तर महिला तर्फ प्रथमलाई १२ हजार, दितियलाई ७ हजार र तृतियलाई ७ हजार, जिल्ला स्तर पालिका तर्फ पुरुष युगल बी तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार दिईने जनाएको छ ।

त्यसैगरी राष्ट्रिय स्तर तर्फ पुरुष युगल ९र्‍या‌ङ्किङ २० बाहेक ० तर्फ प्रथम २५ हजार दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार । राष्ट्रिय स्तर अण्डर १७ केटा एकल तर्फ प्रथमलाई २५ हजार, दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार दिईने बताईएको छ ।

राष्ट्रिय स्तर भेट्रान्स ४५ प्लस पुरुष युगल तर्फ प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई १५ हजार पुरस्कार र राष्ट्रिय स्तर भेट्रान्स ५५ प्लस युगललाई पनि प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई १५ हजार पुरस्कार दिईने जनाएको छ ।