धादिङबेसीमा मेयर कप ब्याडमिण्टन सुरु, उद्घाटन भोली

Avatar photo
Dhadingpost
फाल्गुन १५, २०७८

धादिङ । धादिङ जिल्ला ब्याडमिण्डन संघको आयोजनामा आजबाट धादिङबेसीमा मेयर कप २०७८ ब्याडमिण्टन प्रतियोगिता सुरुभएको । आज देखि खेल सुरुभएपनि उद्घाटन भने फागुन १६ गते हुने बताईएको छ । आजबाट जिल्ला स्तरीय प्रतियोगिताका खेलहरु मात्रै सुरुभएको र भोली जिल्लाको खेल सकिए सँगै उद्घाटन कार्यक्रम हुने र राष्ट्रिय स्तरको खेल सुरुहुने संघका सचिव भिषण श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार जिल्ला स्तरीय प्रतियोगिताको लागि १०६ टिमले भाग लिएका छन् भने राष्ट्रिय स्तरमा कति टिम सहभागि भएका छन् भन्ने बेलुका खेल तालिका सँगै सार्वजनिक गरिने छ । जिल्ला स्तरीय तर्फ, पुरुष एकल, महिला एकल र पुरुष युगलका खेलहरु छन् भने, राष्ट्रिय स्तरमा अण्डर १७ केटीरकेटी, ४५ प्लस पुरुष युगल, ५५ प्लस पुरुष युगल, खुल्ला पुरुष युगल (र्‍या‌ङ्किङ टप २० सम्मले भाग लिन नपाउने ) लगायतका खेलहरु हुने छ ।

धादिङ जिल्ला ब्याडमिण्टन संघले जिल्ला स्तर तर्फ प्रथम हुने टिमलाई पुरुष एकल र पुरुष युगल लाई २५–२५ हजार, दितियदाई २०–२० हजार र तृतियलाई १२–१२ हजार प्रदान गरिने जनाएको छ । यस्तै जिल्ला स्तर महिला तर्फ प्रथमलाई १२ हजार, दितियलाई ७ हजार र तृतियलाई ७ हजार, जिल्ला स्तर पालिका तर्फ पुरुष युगल बी तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार दिईने जनाएको छ ।

त्यसैगरी राष्ट्रिय स्तर तर्फ पुरुष युगल (र्‍या‌ङ्किङ २० बाहेक ) तर्फ प्रथम २५ हजार दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार । राष्ट्रिय स्तर अण्डर १७ केटा एकल तर्फ प्रथमलाई २५ हजार, दितिय १५ हजार र तृतियलाई १० हजार पुरस्कार दिईने बताईएको छ ।

राष्ट्रिय स्तर भेट्रान्स ४५ प्लस पुरुष युगल तर्फ प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई १५ हजार पुरस्कार र राष्ट्रिय स्तर भेट्रान्स ५५ प्लस युगललाई पनि प्रथमलाई ३५ हजार, दितिय २५ हजार र तृतियलाई १५ हजार पुरस्कार दिईने जनाएको छ ।