नेत्रावती डवजोङलाई नमूना बनाउन पूर्वाधार तयार गरेका छौ

Avatar photo
Dhadingpost
फाल्गुन १५, २०७८

२०७३ साल फागुन २७ गते निर्णयबाट साविकको सेमाजाङ, मार्पाक र कटुञ्जे गाँउ विकास समितिलाई गाभेर नेत्रावत डवजोङ गाँउपालिका गठन गरिएको हो । मुलुक संघीय संरचनामा रुपान्तरण भएपछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचन २०७४ जेष्ठ महिनामा सम्पन्न निर्वाचितबाट निर्वाचित भएर आएपछि जनताको अपेक्षा पुरा गर्न र नमूना गाँउपालिका बनाउन प्रशस्त कार्य सम्पन्न तथा थालनी गरेकाछौ ।

हामीले गरेका कार्यबाट गाँउगाँउमा सिहंदरवारको नारालाई सत्य सावित गरेको दावी गर्न सक्ने काम गरेकाछौ । दावी गर्ने मात्र होइन जनताको स्थानीय सरकारप्रतिको अपेक्षालाई विश्वासमा परिणत गराउन सवै कार्यपालिका सदस्य र वडा सदस्यहरु दत्तचित्त भएर लागेकाछौ । जनविश्वास प्राप्त गरेका छौ ।

स्थानीय तहको चुनावी महाअभियानमा घोषणपत्र मार्फत मतदाता समक्ष प्रतिवद्धता गरेका कुराहरुलाई कार्यान्वयन गरी नागरिकलाई आधारभुत सेवा सुविधा प्रदान गर्न कार्यपालिका टिम एकमत भएर लागेका छौ । जनप्रतिनिधि भन्दा साढे दुई महिना जेठो गाँउपालिकामा तत्कालिन अवस्था कार्यकारी अधिकृतका साथ २/३ जना कर्मचारीबाट काम शुरु गरेका थियौ ।

चेक काट्न अर्को पालिका तथा कोष लेखा नियन्त्रण कार्यालय धादिङबाट कर्मचारी आउथे । अहिले ५० जना कर्मचारी छन् तर पनि पुगेको छैन । कर्मचारी पर्याप्त नहुदाँनहुदै पनि हामीले जनताको सेवा मात्र होइन, देखिने र महसुश गर्ने गरी विकासका पूर्वाधार तयार गरेका छौ । हामी नमूना गाँएपलिका बनाउने आवश्यक पर्ने पूर्वाधार तयार गदै छौ ।

नेत्रावती दबजोङ गाँउपालिका तिर्खामुक्त भएको छ । ९० प्रतिशत परिवारमा २४ सै घण्टा एक घर एक धारो मार्फत खानेपानी तथा सरसफाई सुविधा उपलव्ध गराएकाछौ । बाँकी १० प्रतिशत परिवारले अहिले समुदायिक धारो मार्फत खानेपानी खाइरहनु भएको छ । चालु आर्थिक वर्षको ती बाँकी परिवारमा पनि खानेपान सुविधा उपलव्ध गराउँछौ ।

गाँउपालिका भित्र टोड्के -चरङ्गे-वेतीनी-माउत-कोल्चेत-खानीगाँउ-मार्पाक-सेमाजोङ-भोकटेनी-सेले-कुपिण्डे-हुलाकगाँउ-टोड्केलाई समेटेर करिव ५५ किलोमिटरको चक्रपथ निमार्ण गरेकाछौ । पाँचवटै वडाका बस्तिस्तरमा सडक पु¥याएकाछौ । करिव १५ किलोमिटर सडक पिच गर्न पूर्वाधार तयार गरेकाछौ । ३८ वडा सडकहरु मापढण्ड अनुसार तयार गरेकाछौ । नीलकण्ठ नगरपालिका वडा नं. १४ र नेत्रावती दबजोङ वडा नं. ४ मा पक्की मोटर पुल निर्माण गर्न ठेक्का लागिसकेको छ । नीलकण्ठ नगरपालिका १३ र नेत्रावती वडा नं. ४ जोड्ने सडकमा कल्भट निमार्ण गरेकाछौ ।

  • प्रदेश: वागमती
  • जिल्ला: धादिङ
  • गाँउपालिका: नेत्रावती दबजोङ
  • वडा संख्या: ५
  • अध्यक्ष: दुर्गाकुमार शाक्य
  • उपाध्यक्ष: उर्मिला तामाङ गुरुङ
  • प्रमुख प्रशासकीय अधिकृत: श्यामकृष्ण पौडेल
  • कार्यालय: सेमजोङ
  • जनसंख्या: ११२७१(जनगणना २०७८)
  • आव २०७८/०७९ को बजेट: ३९१९०८०००।
  • आन्तरिक श्रोत: ६७०००००।

जनस्वास्थ्य हाम्रो महत्वपूर्ण सेवाका रुपमा विस्तार गर्न पालिकास्तरी १५ शैयाको अस्पताल सञ्चालन गरेकाछौ । ३ वटा स्वास्थ्य चौकीहरु आवश्यक भवन निमार्ण गरिरेहकोछौ । यस वर्ष स्वस्थय भवन पनि पुरा हुने चरणमा छ । ३ वटा आधारभुत स्वास्थ्य संस्था सञ्चालन भईरहेकाछन् ।

आयुर्वेदिक सेवा पनि नागरिक आरोग्य केन्द्र मार्फत सेवा दिईरहेकाछौ । पाँच वटा विद्यालय आपसमा गाभेर अहिले २३ वटा विद्यालय सञ्चालनमा छन् । पाँचवटा माध्यामिक र १८ वटा आधारभुत विद्यालय छन् । ती विद्यालयहरुमा माविमा पाँच जना, आविमा १९ जना र वालविकासमा सात जना गरी ३१ जना शिक्षक तथा सहकर्ता न्यक्ति गरेकाछौ । वालविकास सहकर्तालाई नेपाल सरकारले तोके अनुसारको तलव खुवाएकाछौ । सवै विद्यालयहरु पक्की भवनमा सञ्चालित छन् । केही निमार्ण सम्पन्न हुन बाँकी रहेकापनि यसै वर्ष पुरा गर्दछौ ।
कृषि तथा पशु पंक्षीमा पनि राम्रै काम गरेकाछौ । सवै वडामा टनेल प्रविधि पु¥याएकाछौ ।

किवी खेती उत्पादन शुरु भईसकेको छ । किसानहरु विस्तारै प्रविधि र सीपयुक्त हुदैछन् । बंगुरपालन, बाख्रापालन, माछापालनकुखुरापालन व्यवसायिक रुपमा गनृ थालेकाछन् । भैसीपालन प्रवद्र्धन गरिरहेकाछौ । सिचाई कुलो निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेकाछौ । विस्तारै किसानहरु अन्तरनिर्भर हुदै आएकाछन् । चालु आवमा सवै परिवारमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्छ र टुकी मुक्त गाँउपालिका हुन्छ । यसैगरी धार्मिक पर्यटनको क्षेत्रमा पनि गर्भ गर्न मिल्ने का मगर्नेकाछौ ।

सानाठुला गरी २० वटा भन्दा बढी गुम्वा÷मन्दिर निमार्ण तथा मर्मत गरेकाछौ । भोक्टेनी टाटे सोछोइलिङ गुम्वा ४ करोड लगानीमा निमार्णधिन छ । विन्दुकेसरा महादेव मन्दिर एक करोड ३० लाख खर्चेर निमार्ण गरेकाछौ । दवजोङ दरवार मर्मत गरी संरक्षण गरेकाछौ । सेमजोङमा बनभोज स्थल निर्माण गरेकाछौ ।

पाँच वटा झोलुङ्गे पुल निमार्ण सम्पन्न गरेको र तीन वटा निर्माणाधिन रहेको छ । गाँउपाकिलाको प्रशासनिक कार्यकय लागि २० कोठे दुइवटा भवन निर्माण सम्पन्न हुदैछ । सभा हर र बैठक कक्ष सहित रहेको छ । वडा कार्यालयहरु दुईवटा पुरानामै सञ्चालन गरिरहेकाछौ , दुईवटा नयाँ निर्माण गरेकाछौ । एउटा निर्माणाधिन रहेको छ । राजेन्द्र बस्नेत, कारोबार दैनिक