
धादिङ । प्रधान सेनापति खुला महिलातर्फ हाफ म्याराथनको उपाधि धादिङ ज्वालामुखी निवासी सन्तोषी श्रेष्ठले जितेकी जित्न सफल भएकी छिन् ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता श्रेष्ठले शनिबार बिहान सम्पन्न प्रधान सेनापति खुला महिलातर्फ हाफ म्याराथनको उपाधि जितेकी हुन् ।
सन्तोषीले १ घन्टा १३ मिनेट ४२ सेकेन्डमा निर्धारित दुरी पूरा भईन भने नेपाल पुलिसकी राजपुरा पछाइ दोश्रो भईईन भने सेनाकी विश्वरुपा बुढा तेश्रो भइन् ।
उपाधि विजेता सन्तोषीले नगद ७५ हजार पुरस्कारसँगै यामाहाको एक थान स्कुटर प्राप्त गरिन् भने दोश्रो हुने राजपुराले ५० हजार र तेश्रो हुने विश्वरुपाले ३५ हजार नगद पुरस्कार प्राप्त गरिन् ।
