धादिङ अस्पतालको अध्यक्षमा पदभार ग्रहण गर्न रोकिए माओवादी नेता दिपक विश्वकर्मा

Avatar photo
Dhadingpost
फाल्गुन १४, २०७८

धादिङ । माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य दिपक विश्वकर्मालाई बागमती प्रदेश सरकारले धादिङ जिल्ला अस्पतालको अध्यक्ष बनाएर पठाएपनि सर्वोच्चको अदेशले पदभार ग्रहण गर्न नपाउँदै नियुक्ती बदर भएको छ ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री एवम् कांग्रेस नेता निमा लामाले नेकपा कालमा नियुक्ती पाएका २६ वटा अस्पतालका अध्यक्षहरुको नियुक्ति खारेज गरि नयाँ नियुक्ति गरे सँगै धादिङ सहितका ४ अस्पतालका अध्यक्षहरु आफुहरुलाई कानुन विपरित हटाईएको दावी गर्दै सर्वोच्च पुगेका थिए ।

धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला, त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, रसुवा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुइकेल र भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालको पक्षमा फैसला गर्दै नहटाउन सर्वोच्चले शुक्रबार अल्पकालीन अन्तरिम आदेश गरेको थियो ।

यो आदेश सँगै यी ४ अस्पतालका अध्यक्षहरु यथावत हुँदा प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक नियुक्त गरेका ४ जनाको नियुक्ती बदर भएको छ । जसमा यस अघि माओवादी कोटाबाट अध्यक्ष बनेका महेन्द्र धमला यतावत रहेका छन् भने पछिल्लो पटक अध्यक्षमा नियुक्त भएका नेता विश्वकर्माको पदभार ग्रहण गर्न नपाउँदै नयुक्ती बदर बदर भएको छ ।