
धादिङ । नेकपा एमालेको अनेरास्ववियु निलकण्ठ माध्यामिक विद्यालयको अध्यक्षमा विमल तामाङ चयन भएका छन् ।
सोमबार बिहान भएको अनेरास्ववियु नीलकण्ठ माध्यामिक विद्यालयको भेलाले विमल तामाङको अध्यक्षतामा ४९ सदस्यीय प्रारम्भिक कमिटी गठन गरेको हो ।
भेलामा राष्ट्रिय युवा संघ धादिङका अध्यक्ष काजी श्रेष्ठको प्रमुख आतिथ्यता, अनेरास्ववियुका नेताहरु जित सिटौलाल रक्तिम रेग्मी, रेशम श्रेष्ठ, जित बहादुर नेपाली लगायतको आतिथ्यता रहेको थियो ।
