
धादिङ । यस अघिको निर्देशन पालना नगरेको, म्याद नाघेका सामाग्रीहरु बिक्रि वितरण गरेको भन्दै बजार अनुगमन टोलीले थाक्रे गाउँपालिका सिम्ले स्थित नेपाल किराना स्टोर्सलाई २५ हजार जरिवाना गराएको छ ।
यस्तै अनुगमन टोलीले यस अघिको निर्देशन पालना नगरेको, म्याद नाघेका सामाग्रीहरु बिक्रि वितरण गरेको भन्दै खानीखोलामा रहेको साइ सृजना इन्टरप्राइजेजलाई १० हजार जरिवाना गराएको छ ।
जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले आईतबार गरिएको उक्त संयुक्त बजार अनुगमनका क्रममा जम्मा ८ वटा व्यवसायिक फर्महरुबाट करिब ६० हजार रुपैयाँ बराबरको म्याद गुज्रेका सामाग्रीहरु जफत गरि नष्ट गरेको थियो
