
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ वैकुण्ठपुरी स्थित आमाको माया छात्रावासमा बागमती प्रदेश सांसद डा. राजाराम कार्कीले मातापिता मन्दिर र संस्कार शिक्षालयको आज शुभारम्भ गरेका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा मातापिता मन्दिर र संस्कार शिक्षालयको शुभारम्भ गर्दै प्रेदश सांसद डा. कार्कीले धादिङबेसीको धार्मिक सौन्दर्यताका रुपमा वैकुण्ठपुरीलाई विकास गरेर लगिने बताएका थिए ।
शुभारम्भ कार्यक्रममा आमाको माया छात्रावासका सञ्चालक डा. नविन बन्दु पहाडीले मातापिता मन्दिर र संस्कार शिक्षालय निर्माण गर्न सहयोग गर्ने व्यक्तिहरुलाई धन्यावाद दिएका थिए ।
