
धादिङ । आज भन्दा १३ वर्ष पहिले एक जना दलित असहाय व्यक्तिको टिचिंङ आर्थिक व्यवस्थापन गर्न नसक्दा अस्पतालमा देहान्त भयो । आर्थिक स्थिति साह्रै कमजोर भएको कारण उनको शव उठाउने र अन्तिम संस्कार गर्नको अफ्ठ्यारो भएपछि अभियन्ताहरु गएर प्रति व्यक्ति ५००/५०० योगदान गरेर उनको अन्तिम संस्कार गरिएको थियो ।
त्यसै दिनदेखि फुलखर्कमा सामाजिक काम गर्ने सस्थाको आवस्कता महसुस गरी १७ जना सस्थापक रही फुलखर्क कल्याणकारी समाज स्थापना भएको थियो । सुरु-सुरुमा आर्थिक अवस्था त्यति राम्रो हुन नसकेको सस्थाको कोषमा अहिले करिब ११ लाख रकम जम्मा भएको छ । सस्थाले अहिले पनि आर्थिक अवस्था कमजोर रहेर स्वस्थ उपचार गर्न नसकेका फुलखर्कका जनतालाई आर्थिक तथा भौतिक सहयोग गर्ने गरेको छ ।
शनीबार एक भव्य समारोहका बीच समाजले आफ्नो साधारण सभाको आयोजना गर्यो । उक्त कार्यक्रममा सबैले फुलखर्क कल्याणकारी समाज खुलेर प्रशंषा गरेका थिए । प्रमुख अतिथि एवम् पूर्व गृहमन्त्री बुद्धिमान तामाङले फुलखर्क कल्याणकारी समाजले सामाजिक काममा महत्वपूर्ण भूमिका खेलेको र आफुले पनि फुलखर्कलाई सहयोग गर्दै आएको बताउनु बताएका थिए । धादिङका हरेक स्थानीयतहमा यस्तै संस्था आवश्यक भएको समेत तामाङले बताएका थिए ।

यस्तै समाजको आठौ बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमका विशेष अतिथि बागमती प्रदेश्सभा सदस्य जगत सिंखडाले यो बिशुद्ध सामाजिक सस्था भएकोले यस सस्थामा कुनै राजनीति नगरी सामाजिक काममा दत्त चित्त भएर लाग्न आग्रह गर्दै आफुपनि सहयोग गर्न तत्पर रहेको बताएका थिए ।
संस्थाक़ा अध्यक्ष रामेश्व अधिकारीको अधक्षतामा सम्पन्न भएको साधारणसभामा नेपाली कांग्रेस धादिङ ज़िल्ला उपसभापति दलबहादुर अधिकारी, नेकपा एमालेका बागमती प्रदेशका उमेश थापा, पर्यटन व्यवसायी ज्योति अधिकारी, भिटोफ नेपालका उपाध्यक्ष गोपाल थापा तथा बेग बहादुर अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
समाजका सल्लाहाकार गोपाल थापाले धादिङपोष्टलाई जानकारी दिँदै भने उद्घाटन कार्यक्रम समापन गर्दै अध्यक्ष रामेश्वर अधिकारीले फुलखर्कका जनता एक हौ र सामाजिक काममा सक्रिय हौ भन्ने भावनाको विकास गराउँदै सस्थालाई राजनीतिबाट टाढा राख्दै सामाजिक काममा सक्रिय राख्नुपर्ने, गौरब पूर्ण सस्थाको रुपमा अगाडी बढाउने प्रतिबद्धता समेत गरेका थिए ।
