झार्लाङमा हेलीबाट ट्रान्फरमर लगियो, ६ महिना देखि अवरुद्ध विद्युत सुचारु हुने

Avatar photo
Dhadingpost
फाल्गुन ७, २०७८

धादिङ । धादिङको खनियावास गाउँपलिका वडा २ साबिकको झारलाङमा गत असोज देखि विद्युत ट्रान्सफरमर जलेर नष्ट हुँदा विद्युत अवरुद्ध थियो । क्युङ, थली, कन्दराङ र गोरगाङ्का स्थानीयहरु विगत ६ महिना देखिको विद्युत आपुर्ति समस्या अब हल हुने भएको छ ।

नेपाल बिधुत प्राधिकरण धादिङ वितरण केन्द्र अन्तर्गत सेवा लिई रहेको उक्त ठाउँमा असोजबाट टान्सफरमर जलेर सेवा अबरुद्ध मात्रै भएन अकथली क्युङ्ग सडक खन्ने क्रममा HT लाईन ७-८ वटा बिगारी लथलिङ्ग अवस्थामा छाडी दिएको थियो ।

स्थानिय बासिन्दाले सम्बन्धित निकायमा बारम्बर गराएको तर कतैबाट सुनुवाई नभएपछि स्थानीय जनातले मलाई गुनासो गरे म एमालेको खनीयावास इन्चार्ज भएको नाताले यो काम जसरीनी गर्नूपर्छ भनेर लागें सफल पनि भए मंग तामाङले धादिङपोष्टलाई बताए ।

कसरी पुग्यो ट्रान्सफरमर झर्लाङ ? यस विषयमा मंग तामाङ भन्छन्, नेपाल बिधुत प्राधिकरण धादिङ वितरन केन्द्रको ईन्जिनियरलाई रिपोर्टिङ गरे उहाँले यो समस्या कसरी समधान गर्ने भन्नू भयो मैले म गर्छु मलाई समान दिनु भन्दा खेरी उहाँले हुन्छ भन्नू भयो अनि मैले धादिङ्बेसी देखि अकथली सम्म समान गडिमा ढुवानी गरें र अन्य सामान फागुन ५ गते हेलिकप्टरबाट लगिएको हो ।

५०० केजी वजन भएको २५ केभिको ट्रान्सफरमर उक्त हेलिकप्टरले अक्थली देखि क्युङ सम्म ढुवानी गरेको थियो ।