
धादिङ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनकाे फैसला अनुसार ७ लाख जरिवाना सुनाईएका धादिङ चैनपुरका रमेश बहादुर पाठक पक्राउ परेका छन् ।
२०७८ मंसिर २१ गतेको फैसला अनुसार जरिवाना नतिरि फरार रहेकाेले काठमाडौं स्थित GRIGABHUMI REAL STATE PVT.LTD. का संचालक समेत रहेका ४३ वर्षिय रमेश बहादुर पाठकलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
पाठकलाई सोह्रखुट्टबाट पक्राउ गरी मिति २०७८।११।०६ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत पेश गरिएकाे प्रहरीले जनाएकाे छ ।
