
काठमाडौं । ब्याटिङमा कमजोर प्रदर्शन गरेपनि नेपालले बलिङमा उत्कृष्ट प्रदर्शनका साथ घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा सानदार विजयी सुरुवात गरेको छ ।
योसँगै समूह बी मा रहेको नेपालको शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । नेपालले दोस्रो खेलमा शनिबार फिलिपिन्ससँग खेल्नेछ ।
विश्वकप छनोटमा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी र टेस्ट टोली आयरल्यान्ड, युएई, बहराइन र जमर्नी समूह ए मा छन् । हरेक समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । ८ देशबीच हुने प्रतिस्पर्धाबाट फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छन् ।
