स्कुल नर्समा १३७ को नाम सार्वजनिक, धादिङबाट १३ जना परे

Avatar photo
Dhadingpost
फाल्गुन ५, २०७८

धादिङ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले स्कुल नर्समा नाम निकालेका नर्सहरुको नामावली सार्वजनिक गरेको छ । बुधबार मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ का लागि सरकारले करारमा माग गरिएको पाचौँ तह विद्यालय पदमा नाम निकाल्न सफल १३७ जना नर्सहरुको नामावली सार्वजनिक गरेको हो ।

१३७ जना नर्समा धादिङबाट १३ जनाले स्कुल नर्समा नाम निकाल्न सफल भएका छन् भने १२ जनाको नाम वैकल्पितमा निस्किएको छ । स्कुल नर्समा नाम निकाल्न सफल हुनेहरुका खनीयाबासबाट धनमायाँ तामाङ, गंगाजमुनाबाट जमुना घले, ज्वालामुखीबाट आयुष्मा गिरी र सपना इटनीत्रिपुरासुन्दरीबाट दिक्षा सिंखडा, थाक्रेबाट प्रिया लामा र तारादेवी जिरेल, धुनीबेसीबाट प्रतिक्षा सापकोटा र मनिषा लामा, नीलकण्ठबाट अनिता गुरुङ, रविना कोईराला, बेनीघाट रोराङबाट स्वस्तिका सापकोटा, सिद्धलेकबाट विस्मिता सिलवाल रहेका छन् ।

बागमती प्रदेशभरिबाट कुल २८६ जनाले दिएको लिखित परीक्षामध्ये १३७ जना नाम निकाल्न सफल भएका हुन् । सो परीक्षा माघ २६ देखि २८ गतेसम्म सञ्चालन भएको थियो ।