
सिन्धुली । सिन्धुली प्रहरीले ६९ किलो गाँजासहित कमलामाइ नगरपालिका ४ को खहरेबाट तीन जनालाई पक्राउ गरिएको जनाएको छ ।
डिएसपी मनोजकुमार लामाका अनुसार मरिण गाउँपालिका–७ देबसराका बहादुर गोलेलाई ३२ दशमलब २३२ किलो, कमलामाई नगरपालिका–१ खहरेखोलाका कालु ब्लोनलाई २० दशमलब ३४ किलो र कृष्णबहादुर ब्लोनलाई १६ दशमलब २७ किलो गाँजासहित पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट १३ प्याकेट गाँजा बरामद गरिएको डिएसपी लामाले बताए । तीनै जनालाई लागूऔषध ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।
