
धादिङ । धादिङबेसीमा यहि १ गते बाट आज सम्म भएको ३ दिने शिविरमा १०८ जनाले आँखाको शल्यक्रिया गराएका छन् ।
जिल्ला सामुदायिक आँखा केन्द्र धादिङ र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौको वार्षिक कार्ययोजना अनुसार आयोजना भएको उक्त शिविरमा १०८ जनाले मोतियाविन्दुको अप्रेसन गराएका हुन् ।
शिविरमा आईतबार २२ जना र सोमबार ५६ जना र मंगलबार ३० जना गरी १०८ जनाको शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका प्रमुख रामसिंह तामाङले जनाएका छन् ।

