
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले प्रहरी कर्मचारीहरुको खेल उत्प्रेरणा अभिबृद्धि र मनोरञ्जनका लागि नियमित खेलकुद प्रतियोगिताहरु गर्दै आईरहेको जनाएको छ ।
यसैक्रममा बुधबार जिल्ला प्रहरी कार्यालय धादिङ परिसरमा टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको प्रहरीले जनाएको छ ।
उक्त प्रतियोगितामा प्रहरी निरिक्षक रञ्जन अवा र प्रहरी निरिक्षक धर्म जंग थिङ प्रथम र प्रहरी हवल्दार अशोक तामाङ र प्रहरी हवल्दार अनिल लामा द्वतिय भएका थिए ।
