निबन्ध लेखनमा नीलकण्ठका अनिशराज प्रजापति प्रथम

Avatar photo
Dhadingpost
माघ २२, २०७८

धादिङ । माध्यामिक विद्यालय स्तरिय निबन्ध लेखन प्रतियोगितामा नीलकण्ठ माध्यमिक विद्यालयका अनिशराज प्रजापति प्रथम भएका छन् ।

श्रोत परिचालन बचत तथा ऋण सहकारीले आफ्नो वार्षिक कार्यक्रम अनुसार आयोजित निबन्ध लेखन प्रतियोगितामा द्वितीय स्थान चिल्ड्रेनपार्क आवासीय मावि का छात्र राशुभ श्रेष्ठ, तृतिय स्थान एडभान्स एकेडेमीका छात्र कुशल अधिकारी तथा सान्त्वना स्थान शंखादेवी मावि नीलकण्ठ ११ ज्यामरुङका छात्र दिनेश शाक्य भएको सहकाीले जनाएको छ ।

विजयीहरुलाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको यस प्रतियोगितामा नीलकण्ठ नगरपालिका भित्रका १० वटा विद्यालयका विद्यार्थीले भाग लिएको श्रोत परिचालन बचत तथा ऋण सहकारीले जनाएको छ ।