
धादिङ । धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा ३७ जना कोरोना पोजेटिभ थपिएका छन्न भने ६२ जना कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आज धादिङमा थपिएका कोराना पोजेटिभहरुमा नीलकण्ठमा २, धुनीबेसीमा ७, गजुरीमा २, बेनिघाट रोराङमा ३, ज्वालामुखीमा ३, त्रीपुरासुन्दरीमा ३, गंगाजमुनामा ७, र धादिङ हस्पिटलमा १० गरि ३७ छन् भने डिस्चार्ज हुनेको संख्या ६२ रहेको छ ।
जिल्लाको सक्रिय केश ५९६ पुगेको छ र ८ जना हस्पिटल आइसोलेसनमा रहेका छन् । १३ पी।सी।आर परिक्षणमा १० पोजिटिभ आएको छ । ५८ एण्टीजेन परिक्षणमा २७ पोजिटिभ आएको छ । पोजिटीभिटी रेट ५२.१५% रहेको छ ।

