
धादिङ । धादिङको केवलपुरमा ३१ जना र सेमजोङमा १८ जना गरी आज ४९ जनाले आज रक्तदान गरेका छन् ।
रेडक्रस केवलपुर उपशाखाले आयोजना गरेको रक्तदानमा ५ महिला २६ पुरुष गरि ३१ जनाले रगतदान गरेका थिए भने कोभिड १९ महामारीको बेला रगत अभाव हुन नदिन र नेकपा एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्य कामना गर्दै राष्ट्रिय युवा संघ नेपाल नेत्रावती डबजोङले रक्तदान कार्यक्रम आयोजना थियो उक्त रक्तदानमा १८ जनाले रगत दिएका थिए ।

