धादिङमा आज ७३ संक्रमित थपिए, सबैभन्दा बढी धादिङ अस्पतालमा

Avatar photo
Dhadingpost
माघ १५, २०७८

धादिङ । धादिङ जिल्लामा आज ७५ जना लाई कोरोना संक्रमण पुष्टि भएको र सबैभन्दा धेरै जिल्ला अस्पतलामा रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आज धादिङमा ९९ एण्टिजेन परिक्षण गरिएकोमा ज्वालामुखीमा १५, धुनिबेशीमा ११, गंगाजमुनामा ७, त्रिपुरासुन्दरीमा ६, गजुरी, रुवीभ्याली र नेत्रावतीमा ५र५ जना र नीलकण्ठमा १ जना गरी ५५ जनाको कोरोना पोजिटिभ देखिए छ ।

यस्तै धादिङ अस्पतालमा गरीएको ३२ पिसिआर परिक्षणमा १८ जनामा कोरोना पोजिटिभ देखिएसँगै आज जिल्लामा ७३ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

योसँगै जिल्लाको सक्रिय संक्रमित ६ सय २८ पुगेको छ।संक्रमित मध्ये ६ सय २१ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन् । धादिङमा कोरोना संक्रमण दर (पर्सेन्टेज पोजिटिभिटी रेट) ५५ दशमलब ७ प्रतिशत पुगेको छ ।