
धादिङ । धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा ४६ जनामा कोरोना संक्रमण देखिएको र सबैभन्दा धेरै जिल्ला अस्पतालमा संक्रमित पुष्टि भएको छ ।
आज कोरोना संक्रमित हुनेमा नीलकण्ठमा ११, धुनीबेसीमा ६, गजुरीमा ४, ज्वालामुखीमा ५, त्रिपुरासुन्दरीमा ५ र धादिङ अस्पतलामा १५ गरि ४६ छन् । यस अघि संत्र,मित भएका ३६ जना आज डिस्चार्ज भएका छन् ।
जिल्लाको सक्रिय केश ६२४ पुगेको छ र १६ जना हस्पिटल आइसोलेसनमा रहेका छन् । ७८ एण्टीजेन परिक्षणमा ४६ पोजिटिभ आएको छ । पोजिटिभिटी रेट छड।ढ ५ रहेको छ।

