
धादिङ । राष्ट्रिय युवा संघ का केन्द्रिय सदस्य एवम् धादिङका इञ्चार्ज दिपक खतिवडाको गाडी तोडफोड भएको छ । नेपाली कांग्रेस गजुरी गाँउपालिकाका सहसचिव नानिराम पराजुली सँग आफ्नो सामान्य विवाद भएको घटनालाई दिएर कांग्रेस कार्यकर्ताहरुले आफ्नो गाडी तोडफोड गरेको खतिवडाले धादिङपोष्टलाई बताए ।
हामी विवाह भोजमा थियौं । नानिराम पराजुली सँग भनाभन भयो । उनले मुख छाड्न थालेपछि आफुले घचेटेको यसै विषयलाई लिएर मिडियावाजी गरी यसलाई कांग्रसले राजिनीति करण गर्न खोजेको उनले आरोप लगाए । आफूलाई प्रहरीले पक्राउ नगरेको र सोधपुछको लागि बोलाएको र आफू प्रहरी हिरासदमा नरहेको बताउँदै केहि मिडियामा दिपक खतिवडा पक्राउ भन्ने समाचार निराधार रहेको समेत उनले बताए ।
नानिराम पराजुलीको आफन्तले भने खतिवडाले मुक्का प्रहार गरेका हुन् । गाला सुन्निएको र नाकबाट रगत आएकोले गजुरी सामुदायीक अस्पतालमा उपचार गरिएको बताएका छन् । केहि महिना अघि मात्रै नानिराम एमाले परित्याग गरि कांग्रेसको गजुरी गाँउपालिकाका सहसचिव बनेका थिए ।
