
धादिङ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ४ को अधिवेशन सम्पन्न भएको छ ।
उक्त युवा संघको वडा अधिवेशनले प्रकाश तामाङको अध्यक्षतामा १६ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नेकपा एमाले जिल्ला कमिटि सदस्य एवं नेत्रावती डवजोङ गाउँपालिका अध्यक्ष दुर्गकुमार शाक्यले नेकपा एमालेका युवाहरुलाई पार्टीको भविष्यका नेता भएकाले आफ्नो क्षमता अनुसारको जिम्मेवारी दिइने बताएका थिए।
समाजमा एमालेको विरुद्धमा लाग्न क्रियाशिल केहि जत्थाहरु सक्रिय रहेको बताउँदै शाक्यले जनतामा एमाले प्रतिको लगाव विज.वन्त राख्न युवाहरुको भुमिका अतुलनिय रहने समेत बताएका थिए ।
