
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरबाट आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । सतर्कताका बाबजुद फेरि आफू कोरोना संक्रमित भएको उनले बताएका छन् ।
सामान्य लक्ष्यण भएकाले केही दिन आइशोलेसनमा बसेको बताउँदै सम्पर्कमा आएकाहरुलाई सतर्क रहन पनि भट्टराईले आग्रह गरेका छन् ।
