प्रहरी जवान धादिङकी सीता पाठक बुबाको काजकिरिया गर्दै

Avatar photo
Dhadingpost
माघ ११, २०७८

धादिङ । नेपाल प्रहरीमा कार्यरत सिता पाठक यतिबेला बुबाको काजकिरियामा छिन् । छोराले नै पितृ उद्धार अथवा काजकिरिया गर्ने भन्ने छैन छोरा र छोरीमा बुबा आमाको मायाँ फरक हुँदैन अभिभावकप्रतिको दायित्व दुबैको बराबरी छ भन्ने मान्यता साथ आफू पितृ उद्धार कार्यमा सरिक रहेको बताउँछिन् ।

धादिङको ज्वालामूखी गाउँपालिका ७ की सीता पाठक ५ दिदी बहिनीमा कान्छी छोरी हुन् । बाबुको स्वर्गारोहण पश्चात दागबत्ती समेत दिएर अहिले हिन्दु परम्परा अनुसारको १३ दिने काज किरिया सरिक छिन् ।

बुबा तेज बहादुर पाठकको यही माघ ८ गते निधन भयो आफ्ना दाजुभाइ नभएपछि बुबाको काजकिरिया गर्ने आफ्नै जिम्मेवारी भएको ठहर गर्दै आफु किरियामा बसेको पाठकले बताइन् । ‘अभिभावकका लागि छोराछोरी दुवै बराबरी हुन्, समाजको हेर्ने दृष्टिकोण सङ्कुचित रहेकाले अनौठो लागेको हुन सक्दछ’, पाठकले भनिन्, ‘बुबाले छोरासरह नै काम गर्नु, छोरी हुँ भनेर कहिल्यै पनि पछाडि नहट्नु भन्नुहुन्थ्यो ।’

बाबुको अर्ति उपदेशलाई अनुशरण गर्दै समाजको पुरानो मान्यता हटाएर बाबुको नाममा हिन्दू परम्पराअनुसार काजकिरिया गरिरहेको उनले धादिङपोष्टलाई पाठकले बताईन् ।