धादिङमा आज १०७ जना संक्रमित, सबै भन्दा धेरै ज्वालामुखीमा

Avatar photo
Dhadingpost
माघ ११, २०७८

धादिङ । पछिल्लो २४ घण्टाको अवधिमा धादिङमा १०७ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जसमा सबै भन्दा धेरै संक्रमित ज्वालामुखि गाउँपालिकामा पुष्टि भएको छ ।

आज धादिङमा संक्रमित हुनेमा धुनीबेसिमा २२, गल्छीमा ५, गजुरीमा ५, बेनिघाटमा ५, ज्वालामुखीमा २९, त्रिपुरासुन्दरीमा १०, गंगाजमुनामा ५ र धादिङ अस्पतालमामा २६ गरि आज १०७ छन् भने आजै २३ जना डिस्चार्ज भएका छन् ।

धादिङमा कोरोनाको सक्रिय केश ६८६ पुगेको छ र १६ जना हस्पिटल आइशोलेसनमा रहेका छन् भने अरु होमआईशोलेसनमा रहेका छन् । १८५ एण्टीजेन परिक्षणमा १०७ पोजिटिभ आएको छ । पोजिटिभिटि रेट ५७.८% रहेको छ ।