
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित कुपा गाउँमा माघ १६ गते देखि २० गते सम्म खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
ल्होछारको अवसरमा कुपा युवा समाजले आयोजना गर्न लागेको उक्त प्रतियोगितामामा इच्छुक क्लवहरुलाई समयमै टिम दर्ता गर्न आव्हान गरिएको छ ।
प्रथम पुरस्कार २५ हजार र उप विजेतालाई १२ हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र रहेको यस प्रतियोगिताको लागि टिम दर्ता माघ १५ गते सम्म गर्न सकिने आयोजक संस्थाका लोकबहादुर गुरुङले धादिङपोष्टलाई बताए ।

