
धादिङ । धादिङ जिल्लामा आज ११९ जना कोरोना संक्रमितहरु थप भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ जसमा सबै भन्दा धेरै त्रिपुरासुन्दरी गाउँपालिकामा धेरै देखिएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा थपिएका संक्रमितहरुमा धुनिबेसिमा १५, गजुरीमा ८, ज्वालामुखिमा ३, त्रिपुरासुन्दरीमा ३०, गंगाजमुनामा २४, रुबिभ्यालिमा ३, धादिङ हस्पिटलमा २९ र धादिङ्ग आयुर्वेद हेल्थ सेन्टरमा ७ गरि ११९ जना छन् । यो अवधिमा डिस्चार्ज हुनेको संख्या २३ रहेको छ।
धादिङमा कोरोना संक्रमितको सक्रिय केश ६०२ पुगेको छ । ७ जना हस्पिटल आइसोलेसनमा रहेका छन् भने ५९५ जना होम आइसोलेसनमा रहेका छन् । १७५ एण्टिजेन परिक्षणमा ११९ पोजिटिभ आएको छ । पोजिटिभिटी रेट ६८% रहेको छ ।

