मोर्डना खोपको १६ लाख ६० हजार डोज नेपाल आइपुग्यो

Avatar photo
Dhadingpost
माघ १०, २०७८

काठमाडौं । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाको अनुसार कोभिड १९ विरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप आज नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधामार्फत् सो खोप नेपाल ल्याइएको आपूर्ति शाखा जनाएको छ । भोलि थप २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्ने पनि शाखाले जनाएको छ ।

सरकारले मोर्डना खोप १२ देखि १७ वर्षसम्म्का किशोर किशोरीलाई दिने अभियान सञ्चालन गरिरहेको छ ।