खनियावासद्वारा अत्यावश्यक काम बाहेकका सेवा प्रवाह बन्द

Avatar photo
Dhadingpost
माघ १०, २०७८

धादिङ । धादिङको खनियावास गाउँपालिकाले बढ्दो कोरोना संक्रमण रोकथामका लागि भन्दै गाउँपालिकाबाट हुँदै आएको सेवा प्रवाह बन्द भएको जनाएको छ ।

सूचनामा भनिएको छ, गाउँपालिकाका केहि कर्मचारीहरुलाई कोरोना संक्रमण भएकोले अत्यावश्यक सेवा बाहेकका सेवा अर्को सूचना जारी नहुँदा सम्मका लागि बन्द गरिएको छ ।