धादिङमा आज ६२ जना संक्रमित, सबैभन्दा बढी ज्वालामुखीमा

Avatar photo
Dhadingpost
माघ ९, २०७८

धादिङ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा ६२ जना कोरोना संक्रमित भएका छन् । जसमा सबै भन्दा धेरी ज्वालामुखी गाउँपालिकामा छन् ।

आज पुष्टिभएका संक्रमितहरुमा नीलकण्ठमा ७, धुनीबेसीमा १५, ज्वालामुखीमा १७, गजुरीमा ११ र गंगाजमुनामा ६ गरि जिल्लामा ६२ छन् । आजै डिस्चार्ज हुनेको संख्या ९ रहेको छ ।

जिल्लाको सक्रिय केश ५०६ पुगेको छ र ७ जना होस्पितल आइसोलेसनमा रहेका छन् । ९९ एण्टीजेन परिक्षणमा ६२ पोजिटिभ आएको छ। धादिङमा पोजिटिभिटि रेट ६२.६ % रहेको छ ।