
धादिङ । धादिङ जिल्लाको सर्वाधिक पुरस्कार राशी रहेको धुवाँकोट पात्लेमा हिजोबाट सुरुभएको आठौं मानबहादुर कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता अन्तरगत आज ४ खेलहरु हुदैछन् ।
विद्यार्थी उपकार संघ पात्लेले आयोजना गरेको यस प्रतियोगिताको दोस्रो दिन अर्थात आज हुने चार खेलहरुमा विहान साँढे ७ बजे अन्नपूर्ण B र बिदुर, साढें ९ बजे धादिङ फुटबल क्लव B धादिङबेसी र लगनशिल युवा क्लव ज्वालामुखी, मध्यान्ह १२ बजे दाङसिङ युवा क्लव र जागरण समाज ए, यस्तै अन्तिम खेल दिउँसो २ बजे भञ्झ्याङ युवा क्लव र कुपा युवा क्लव बीच हुनेछ ।
पहिलो दिन अर्थात हिजो धादिङबेसी स्थित धादिङ फुटबल क्लव (डीएफसी) क्लव A ले लर्क्याप युनाईटेडलाई ० मा रोकेर ८ गोल गर्दै विजय सुरुवात गरेको थियो भने दोश्रो खेलमा नेत्रावती डब्जोङ सेल्लेको छोईलिङ युवा क्लबले कल्लावारी युवा क्लबको २ गोलका विरुद्ध ५ गोल गर्दै विजय सुरुवात गरेको थियो ।
जिल्लाको सर्वाधिक राशीको यस प्रतियोगितमा २९ टिमले भाग लिनेछन् । माघ १५ गते सम्म हुने यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २५ हजार, द्वितिय पुरस्कार ६० हजार र सेमिफाईनल पुग्ने टिमलाई २०–२० हजार रहेको छ ।
