
धादिङ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले शनिबार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र २३ जना संक्रमित संक्रमण मुक्त भएको जनाएको छ ।
आज धादिङ अस्पतालमा ५१ जना, धुनिबेशीमा ५, ज्वालामुखीमा ४ र गल्छीमा १ जनागरि जिल्लामा ६१ पोजिटिभ केश देखिएको स्वाथ्य कार्यालयले जनाएको हो ।
हाल जिल्लाको सक्रिय संक्रमित ४५३ रहेका छन् । संक्रमित मध्ये ४४६ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन् ।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार ६ सय ६६ पुगेको छ। संक्रमित मध्ये ८ हजार १६१ निको भईसकेका छन् भने संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।

