
धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै अत्यावश्यक सेवा भन्दा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ ।
जिल्लामा कोरोना संक्रमणको दर बृद्धिभएको र जिल्ला प्रशासनमा कार्यरत कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको जानकारी गराउँदै प्रशासनले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द भएको जनाएको हो ।
प्रशासनले अत्यवश्यक सेवा शान्ति सुरक्षा लगायतका कार्य वाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संस्था दर्ता तथा नविकरण, नावालक परिचय पत्र सिफरिस लगायतका सेवाहरु बन्दभएको सूचनामा जनाईएको छ ।


