तुलादानको रकम परेवाटारमा बन्दै गरेको विश्व भागवत धामलाई

Avatar photo
Dhadingpost
माघ ८, २०७८

धादिङ । धादिङको सिद्धलेक २ तार नलाङमा गोविन्द प्रसाद पण्डित, बासुदेव पण्डित र ऋषि प्रसाद पण्डितले स्वर्गिय बुद्धि प्रसाद पण्डितको नाममा एकाह लगाएका छन् भने लाख बत्ती समेत बालेका छन् ।

उक्त अवसरमा डम्बरकुमारी पण्डितको चौरासी गर्दै तुलादान गरिएको थियो । तुलादान वापतको रकम परेवाटारमा निर्माणाधिन विश्व भागवत धामलाई हस्तान्त्रण गरिएको छ ।

डम्बरकुमारी पण्डितको तौल बराबरको रकम परेवाटारमा निर्माणाधिन विश्व भागवत धाम परिषरमै पुगेर गुरु बालतपस्बी उत्तम भट्टजी (महाराज) लाई हस्तान्त्रण गरिएको संगिता पण्डितले बताईन् ।

तुलादानबाट प्राप्त रकम धामलाई सहयोग हुँदा धाम निमार्णमा इट्टा थपिएको बताउँदै बालतपस्बी उत्तम भट्टजी (महाराज) ले धार्मिक दानले पुण्य मिल्ने बताए । १ करोड दिप प्रज्वलन सहित ०७६ साल मङ्सिर १९ गते देखि २६ गते सम्म सो स्थानमा श्रीमद्भागवत भागवत महायज्ञ गरि धाम निर्माणका लागी आर्थिक संकलन सुरुगरिएको थियो भने उक्त क्षेत्रमा मन्दिर निमार्ण कार्य जारि रहेको छ ।