
धादिङ । ललितपुर जिल्लाको महाकाल गाउँपालिकाले आयोजना गरेको भलिवल प्रतियोगीतामा धादिङ प्रथम हुँदै नगद १ लाख पुरस्कारको साथमा सिल्ड, मेडल र प्रमाण पत्र जितेको छ ।
खुल्ला गाउँपालिका स्तरिय खुला भलिवल प्रतियोगीतामा ललितपुरमा भएको र धादिङको गंगाजमुनाको टोली पनि उक्त प्रतियोगितामा भाग लिँदै प्रथम भएर फर्किएको धादिङका युवा भलिवल खेलाडी सम्राट श्रेष्ठले धादिङपोष्टलाई बताए ।
उक्त प्रतियोगितामा काभ्रेको खानी खोला गाउँपालिका दोस्रो, आयोजक महाकाल गाउँपालिका तेस्रो र सान्त्वना भएको थियो । दोस्रो र सान्त्वना हुने टिमलाई क्रमस ५० हजार र २५-२५ हजार नगद , सिल्ड मेडल र प्रमाण पत्रद्वारा पुरस्कृत गरिएको थियो ।
