
धादिङ । सरकारले तोकेको पारिश्रमिक उपलब्ध गराउन माग गर्दै धादिङका स्वास्थ्यकर्मीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल धादिङले बुझाएको उक्त ज्ञापन पत्रमा सरकारले उपलब्ध गराउने भने अनुसारको पारिश्रमिक तत्काल उपलब्ध गराउन, स्वास्थ्यकर्मीको उचित आइसोलेशन व्यवस्था गर्न, संक्रमित स्वास्थ्यकर्मीहरुको निशुल्क उपचार व्यवस्था मिलाउन, स्वास्थ्यकर्मीलाई सुरक्षित काम गर्ने वातावरण, सुरक्षाको ज्ञारेन्टी, स्वास्थ्य सुरक्ष सामाग्रीको सहज उपलब्धताका लगायतको माग गरिएको छ ।
पत्र बुँदे उक्त ज्ञापन पत्रमा करारमा नियुक्त गरेर महामारीको समियमा म्याद सकिएका स्वास्थ्यकर्मीहरुको करार अवधी थप गर्नु पर्ने, स्वास्थ्यकर्मीलई दिने भनिएको जोखिम भत्ता उपलब्ध गराउनु पर्ने, स्वास्थ्यकर्मीको हक हित सुरक्षा र रोजगारीमा बाधा व्यवधान हटाउन माग गरिएको छ ।

