तिप्लिङ घटना अपडेटः २० आर्मी, ११ सशस्त्र, ५ प्रहरी परिचलन

Avatar photo
Dhadingpost
पुस ३०, २०७८

धादिङ । धादिङ रुबीभ्याली गाउँपालिका वडा नम्बर १ पुरुमा सडक निर्माणकाक्रममा पहिरो जाँदा स्काभेटरभित्र रहेका तीन जना पुरिएर बेपत्ता भएका छन् उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पहिरोमा पुरिनेमा चालक आकाश तामाङ, सहचालक राजु तामाङ र बाटो निर्माण समितिका स्थानीय अनिश तामाङ रहेका छन् । चालक र सहचालक काभ्रेका स्थायी बासिन्दा हुन् ।

रुबीभ्याली १ पुरु–लिङ्जो जोड्ने ट्रयाक सडक खन्नेक्रममा एक्स्काभेटरसहित पुरिएका तीन जनाको खोज विनका लागि ३ पटक गरेर हेलिकप्टरले नेपाल आर्मी, सशत्र र प्रहरी घटना स्थल लगेको थियो । पहिरो ठुलो र मौषम प्रतिकुलताका कारण वेपत्ताहरुको उद्दार गर्न नसकिएको र आज बिहानै देखि फेरि खोजीकार्य जारी रहने प्रहरीले जनाएको छ ।

खोजीमा नेपाल आर्मी २० जना ,सशस्त्र प्रहरी बल धादिङबाट ११ जना, नेपाल प्रहरी बाट ५ जना र स्थानीयहरु सहभागी रहेका छन् ।