
धादिङ । धादिङको रुबिभ्याली-१, पुरुमा पहिरोले डोजर पुरिँदा ३ जना वेपत्ता भएका छन् । धादिङबाट सशस्त्र प्रहरीका इन्सपेक्टर, नेपाल प्रहरीका इन्सपेक्टर र गाउँपालिकाका अध्यक्षसहितको टोली घटना स्थल पुगेका छन् ।
सडक खन्दै गरेको डोजर माथि खसेको पहिरोले डोजर पुरिँदा सिन्धुपाल्चोक घर भएका चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय धन तामाङ पुरिएर वेपत्ता भएको प्रहरीले जनाएको छ ।
रुबिभ्याली-१ को पुरुबाट लिङ्जो जाने सडकको नयाँ ट्रयाक खोल्ने क्रममा उक्त पहिरो खसेको थियो । घटनास्थलमा प्रहरी पुगि सकेको र परि पुरिएरका तीन जनाको उद्दारको पहल भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

