
धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले धादिङबेसी सदरमुकाममा नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण र्याली गरेर मनाएको छ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विक्रम सम्वत १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे(चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । उनै पृथ्वीनारायणको स्मरणमा पन्चेबाजा सहित राप्रपा कार्यकर्ताहरुले धादिङबेसीको पुछार बजारबाट र्यालीमा उत्रिएका हुन् ।
लोकतन्त्र आएपछि औपचारिक रुपमा राष्ट्रिय एकता दिवस नमनाएको सरकारले यस वर्ष भने विविध कार्यक्रम गरेर पृथ्वी जन्यती मनाउँदैछ । लोकतन्त्रपछि गठन भएको सरकारले एकता दिवसको बिदा कटौती गरेको भए पनि सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
