सार्वजनिक स्थलमा जान अब कोरोना खोपकार्ड अनिवार्य

Avatar photo
Dhadingpost
पुस २६, २०७८

धादिङ । सरकारले कोरोना भाइरसको खोप लगाएको कार्ड अनिवार्य गरेको छ । यो नियम ३ माघबाट लागू हुनेछ । कार्ड विना सार्वजनिक स्थलहरुमा प्रवेश निषेध हुनेछ ।

सरकारी कार्यालय, होटल, सपिङ कम्प्लेक्स, सिनेमाघर, रंगशाला, हवाई यात्रा गर्दा खोपकार्ड अनिवार्य गरिएको छ ।

भ्याक्सिन लगाएको कार्ड मोबाइलमा देखाएपनि हुने कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले जानकारी दिएको छ । कार्ड विना सार्वजनिक स्थलहरुमा रोक लगाइने भएसँगै खोप अभियानलाई तिव्रता दिने तयारी समेत भएको छ ।