धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजारमा आज ३१ जना महिला र ५३ जना पुरुष गरि ८४ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गजुरीले आयाेजना गरेकाे उक्त कार्यक्रममा ८४ जनाले रक्तदान गरेका हुन् ।